२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक सकियो, फेरी २० गते बस्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक प्रभावित भएको छ । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि मंसिर २० गतेका लागि बैठक सारिएको बताउनुभयो । सचिवालय बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समााधानका लागि अध्यक्ष ओलीको समेत उपस्थितिमा बैठक बस्नु उचित हुने भन्ने निष्कर्षका साथ आगामी बैठकमा उपस्थिति हुन अनुरोध गर्ने निर्णय सहित मंसिर २० गतेका लागि बैठक बोलाईको प्रवक्ता श्रेष्ठले बताउनुभयो । मंसिर १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि मंसिर २१ गतेका लागि सारिएको बताउनुभो । उहाँले भन्नुभयो ‘आज बसेको पार्टीको सचिवालयको बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनुभएन । त्यस कारणले आजको बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्याहरुको समाधानको लागि प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ अध्यक्ष ओलीको आगामी बैठकमा अनिवार्य उपस्थितिको अपेक्ष सहित उहाँलाई बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ अव सचिवालयको बैठक आगामी २० गते १ बजे र पूर्व निर्धारित १८ गते देखि शुरु हुने स्थायी कमिटीको बैठक २१ गते १ बजे देखि प्रारम्भ हुने निर्णय गरिएको छ ।’

पार्टी गम्भीर संवेदनशिल मोडमा रहेकोले आगामी बैठकमा अध्यक्ष ओली सहभागी हुने अपेक्षा र विश्वास आफूहरुले गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो पार्टी अहिले गम्भीर र संवेदनशिल मोडमा छ । त्यसैले हामी यो असमान्य परिस्थितिमा संवेदनशिलताका साथ नै प्रक्रिया अगाडि बढाउन छलफलको बहसको प्रक्रिया अगाडि बढाउन र निर्णय लिनु उचित हुन्छ भन्छौं । त्यसकारणले गर्दा अध्यक्ष ओली आउनुभएन भने के गर्ने भन्ने बारेमा हामी सोच्नै चाहदैनौं । हामी अपेक्षा मात्र होइन विश्वस्त छौं की अध्यक्ष केपी शर्मा ओली अर्को बैठकमा उपस्थित भएर पार्टीको अहिलेको संकटको निवारण गर्ने छलफललाई सार्थक निष्कर्षमा पुर्याउन योगदान गर्नुहुनेछ ।’