२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ अर्ब नै विद्युत् महसुल उठाइनु पर्छ, १६ अर्ब किन छुट दिइयो भन्ने जवाफ पनि खोज्नु पर्छ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको अघिल्लो सरकार गैरकानुनी तरिकाले दिएको मिनाहा सहितको बाँकी महसुल उठाउनु पर्ने बताउनुभएको छ ।

ओलीले अघिल्लो सरकारले गैरकानुनी तरिकाले मिलीभगतमा छुट दिएको १६ अर्ब रुपैँया पनि उठाउनु पर्ने बताउनुभएको छ । सो रकम किन छुट दिइयो भन्ने कुराको जवाफ पनि खोज्नु पर्ने प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

ओली प्रधानमन्त्री हुने बित्तिकै विद्युत् लाइन काटिएका उद्योगमा विद्युत् जडान गर्ने निर्देशन दिएर विद्युत् महसुल नउठाउन खोजेको आरोप प्रतिपक्षीले लगाएपछि ओलीले उठ्न बाँकी रकम एक पैसा पनि नछाड्ने स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले लेख्नु भएको छ– ‘केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रङ्क लाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ, तर सरकारको कुरा यत्रो नौ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो’, उहाँले स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्रीले उद्योग पनि चल्न दिएर महसुल उठाउनु पर्ने उल्लेख गर्नुभएको छ । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्‍याई उद्योगहरूबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैँया पनि छुट दिनु हुँदैन, नौ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ’, उहाँले लेख्नु भएको छ ।