काठमाडौं । बलिउड अभिनेता सन्नी देवललाई कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ । भारतमा पछिल्लो समय केरोना भाइरसको संक्रमण हुवात्तै बढ्दै गएको हो जसबाट बलिउडका कयौं अन्य अभिनेता तथा अभिनेत्रीहरु पनि कोरोना भाइरसको चपेटामा आएका छन् ।
केहि समयअघि मात्रै पनि बलिउड अभिनेता अमिताभ बच्चनको परिवरका सबै सदस्यहरुलाई कोरोन संक्रमण देखिएको थियो । बलिउड अभिनेता सन्नी देवलले आफुलाई कोरोना संक्रमण पोजिटिभ भएको कुरा सामाजिक सञ्जालमार्फत पनि आफ्ना सबै शुभचिन्तकहरुलाई जानकारी गराएका छन् ।
उनले आफुलाई कोरोना परिक्षण गर्दा पोजिटिभ आएको र हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य नै रहेको बताएका छन् । त्यस्तै उनले पछिल्लो समय सम्पर्कमा रहेका सम्पुर्ण व्यक्तिहरुलाई पनि कोरोना परिक्षण गराउन आग्रह गरेका छन् ।
सन्नी देवलले यस्तो लेखे: 'i got corona tested and the report came positive. I'm in solitude and I'm fine. I request that those of you who have come in contact with me in the last few days, please isolate yourself and get your check up done.'












