२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्रलाई रोक्न खोज्दा चुनावमा पुग्यो नेकपा एस, आकांक्षीको बाढी



अ+ अ-

काठमाडौं । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई रोक्न खोजेपछि नेकपा एकीकृत समाजवादी पदाधिकारी तथा पोलिटब्यूरो सदस्य छान्न निर्वाचन गराउनुपर्ने अवस्थामा पुगेको छ ।

अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई सर्वसम्मत गराउन चाहेका थिए । तर सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षले त्यसलाई अस्वीकार गर्‍यो । खनाल र भुसाल समूहले वरिष्ठ उपाध्यक्षमा प्रमेश हमाललाई अघि सारे । हुन त हमाल पनि माधवकुमार नेपाल पक्षकै नेता हुन् । तर खनाल र भुसालले राजेन्द्रलाई रोक्न नयाँ कार्ड फालेको बताइएको छ ।

त्यसो त अध्यक्ष नेपाल पनि आफ्नै समूहका दुई नेताले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपछि ठोस निर्णयमा पुग्न सकेनन् । उनले ढुलमुले नीति लिएका थिए । सहमतिको प्रयासमा पनि उनले खास चासो दिन सकेनन् । अन्तत: चुनावबाटै वरिष्ठ उपाध्यक्ष छानिने भएको हो ।

एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्षका लागि मात्र होइन, उपाध्यक्ष, उपमहासचिव र पोलिटब्यूरो सदस्यमा पनि आकांक्षी धेरै छन् । उपाध्यक्षका लागि ४० जनाभन्दा बढी र उपमहासचिवका लागि २० जना ।सचिवका लागि  ६० भन्दा बढी आकांक्षी छन् ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य छान्न निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।

उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम आज बिहानदेखि सुरु भई, दिउँसो २ देखि पाँच बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ ।

केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् ।