२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नताशासँग छुट्टिएपछि कोसँग घुम्दैछन् हार्दिक पाण्ड्या ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्या यतिबेला बिदामा छन् । उनले पछिल्लो पटक श्रीलंकाविरुद्धको टी–२० सिरिज खेलेका थिए ।

उनले एकदिवसीय सिरिजबाट आफ्नो नाम फिर्ता लिएका थिए । पत्नी नताशा स्टान्कोभिकसँगको सम्बन्धविच्छेदपछि पाण्ड्या निकै निराश बनेका थिए ।

यद्यपि उनले आफूलाई नियन्त्रण गर्न खोजिरहेका छन् । उनी अहिले विदेश भ्रमणमा छन् । तर उनी कोसँग घुमफिर गरिरहेका छन् भनेर कसैले पत्ता लगाउन सकेका छैनन् । पाण्ड्याले सामाजिक सञ्जालमा पछिल्लो तस्विर शेयर गरेका छन् ।

पाण्ड्याले इन्स्टाग्राममा दुई तस्विर शेयर गरेका छन् । जसमा उनी ट्रेनमा बसेको देखिन्छ । उनी घुम्न निस्किएका छन् । तर उनी कोसँग घुमफिर गर्दै छन् भन्ने कुनै जानकारी आएको छैन । पाण्ड्याको तस्बिर अरुले क्लिक गरेका हुन् ।

पछिल्लो समय पाण्ड्याको नाम बेलायती गायिका जस्मिन वालियासँग जोडिएको थियो । पाण्डेयले जस्मिनसँग डेट गरिरहेको हल्ला चलेको थियो । तर यसबारे आधिकारिक जानकारी भने दिइएको छैन ।

हार्दिक र नताशा किन अलग भए भन्ने बारेमा महत्वपूर्ण जानकारी बाहिर आएको छ । टाइम्स नाउमा छापिएको समाचार अनुसार पाण्ड्यालाई ग्ल्यामरस जीवन मन पर्थ्यो । जबकि नताशा एकदमै शान्त र सरल ढंगले बस्न रुचाउँछिन् । नताशाले पाण्ड्यासँग रहन सक्दो प्रयास गरिन् । तर, यो परिवेशमा उनी आफूलाई मिलाउन सकिनन् ।

मुम्बई इन्डियन्सले आईपीएल २०२४ मा हार्दिक पाण्ड्यालाई टिमको कप्तान बनाएको थियो । तर रोहित शर्मालाई यसबारे पहिले जानकारी गराइएको थिएन । रोहित र उनका फ्यानहरूलाई यो मन परेन । जसका कारण पाण्ड्या धेरै ट्रोल भएका थिए ।

अब आईपीएल २०२५ अघि पनि परिवर्तनको सम्भावना छ । पाण्ड्यालाई मुम्बईको कप्तानीबाट हटाउन सक्ने बताइन्छ । यदि त्यसो भएन भने रोहितले टोली छाड्न सक्नेछन् । यद्यपी यसबारे आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन ।