२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा नेपाली युवतीको गोली प्रहार गरी हत्या



अ+ अ-

काठमाडौँ । अमेरिकामा एक नेपाली युवतीको हत्या भएको छ।

गत सोमबार साँझ ५:३० बजेको आसपासमा २१ वर्षीया मुना पाण्डेको हत्या भएको न्यूयोर्कबाट प्रकाशित हुने नेपाली अखबार नेप्योर्कले जनाएको छ ।

टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत मुना भोजपुरकी हुन्। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्।

नेप्योर्कले काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेसँग गरेको कुराकानिमा उनी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको खुलेको छ ।

होस्टन प्रहरीले उनको टाउकोमा धेरैपटक गोली प्रहार भएको बताएको नेप्योर्कले लेखेको छ । होस्टन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। हत्या कसले गरेको भन्ने सन्दर्भमा अझै सुराक नभेटिएको प्रहरीले जनाएको छ ।