२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा दुई अस्पताल भवन शिलान्यास



अ+ अ-

रसुवा । रसुवामा दुई अस्पताल भवन शिलान्यास गरिएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाले अस्पतालको शिलान्यास गरेका छन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ जिल्लाका तिन स्थानिय तहमा अस्पताल निर्माण हुन लागेको हो ।

आमाछोदिङ्मो गाउँपालिकामा भने जग्गा अभाब भएको र जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया सुरु गरिएको हुदाँ सोमबार शिलान्यास हुन नसकेको हो । एक हप्ताभित्र भित्रमा आवश्यक प्रक्रिया सम्पन्न गरि शिलान्यास गरि काम अघि बढाउने आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए ।

नौकुण्ड गाउँपालिका ३ स्थित निर्माण गरिन लागेको अस्पतालको प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद ईन्जिनियर  मोहन आचार्यले शिलान्यास गरेका छन् । कालिका गाउँपालिकामा निर्माण हुन लागेको अस्पतालको भने गाउँपालिकाका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीबाट शिलान्यास भएको छ । नौकुण्ड गाउँपालिकामा ५ शैयाको अस्पताल निर्माण हुने भएको छ भने आमाछोदिङ्मो र कालिका गाउँपालिकामा १५/१५ शैयाको अस्पताल निर्माण हुने भएको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ ।