२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार पहिलो घण्टामा शेयर बजार ०.९२ अंकले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौं । मंगलबार कारोबारको पहिलो घण्टामा शेयर बजार परिसूचक शून्य दशमलव ९२ अंकले बढेको छ । पहिलो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको रू. २ अर्ब ४४ करोड ५८ लाख बराबरको ७७ लाख १४ हजार ४०२ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार २२ हजार ६२२ पटकको व्यापारमा भएको हो । २ हजार ००९ दशमलव ४६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य ५ प्रतिशत बढेर १ हजार ९९७ दशमलव ९८ विन्दुमा पुगेको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ६ ओटा समूहको परिसूचक घटेको छ भने बाँकी ६ ओटा समूहको परिसूचक बढेको छ । जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ५६ प्रतिशतले बढेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३० करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.१ हजार ५३० मा कारोबार भइरहेको छ ।