काठमाडौं । मंगलबार सुनको मूल्य केहि मात्रामा वृद्धि भएको छ । बनारमा आज छापावाल सुनको मूल्य तोलामा ५०० बढेर ९० हजार ५०० रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ११२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ११५० रुपैयाँमा कारोबार भएको हो।







