बुटवल । रुपन्देही र कपिलवस्तुका ५३ र ५० वर्षीया कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ । बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार कपिलवस्तुकी महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन् र उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।
यस्तै मंसिर १३ गते अस्पताल भर्ना भएकी बुटवलकी महिलाको सोमबार दिउँसो मृत्यु भएको डा. गौतमले बताए । उनी मधुमेहको दीर्घ रोगी थिइन् ।












