२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक बस्दै : को बन्ला मुख्यसचिव ?



अ+ अ-

काठमाडौं । मुख्यसचिव नियुक्त गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

साँझ ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको छ ।

बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्न सक्ने बताइएको छ । मुख्यसचिव लिलादेवी गड्तौला ३५ दिने पदावधि भदौ १५ गते समाप्त हुँदै छ ।

एक महिना अघि मुख्य सचिव बनेकी गड्तौला उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी हुन् ।

अहिले एमाले र कांग्रेसको सरकार भएकाले एमाले–कांग्रेसनिकट सचिवहरूको दौडधुप चलेको छ । मुख्यसचिव प्रधानमन्त्रीकै विश्वास पात्र हुने भएका कारण ओलीले जो चाहन्छन्, त्यो नै मुख्यसचिव बन्ने छन् ।

अहिले मुख्यसचिवको दौडमा राष्ट्रिय योजना आयोगका सचिव डाक्टर तोयानारायण ज्ञवाली, गृहसचिव एकनारायण अर्याल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई प्रतिस्पर्धामा छन् ।

गृहसचिव एकनारायण अर्याल मुख्यसचिव बन्ने सम्भावना बलियो छ । एमालेसँग सुरुदेखि नै राम्रो सम्बन्ध भएका अर्यालको सम्भावना बलियो देखिएको हो ।




भर्खरै