२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ अर्ब विद्युत वक्यौता रकम नउठाउनेमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्छ: सांसद बाँस्कोटा



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ वक्यौता रकम नउठाउनेहरुप्रति छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम २२ अर्ब रुपैयाँ भएको भन्दै सबै रकम उठाउनुपर्ने बताउनुभएको हो ।

उहाँले सार्वजनिक लेखा समितिको निष्कर्ष पनि २२ अर्ब रुपैयाँ नै उठाउनुपर्छ भन्ने रहेको बताउनु भयो । उहाँले लेखा समितिलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने हो भने शक्तिशाली संसदीय छानविन समिति गठन गर्नुपर्ने बताउनु भयो । उहाँले प्राधिकरणको नेतृत्वमा ७ वर्षदेखि एउटै व्यक्ति भएको भन्दै प्राधिकरणको अन्य कुराहरु पनि हेर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘लेखा समितिको निष्कर्ष के हो भने २२ अर्ब रुपैयाँ महालेखा परिक्षकले बेरुजु देखाएको छ । त्यो पैसा उठ्नुपर्छ । हामीले भनेको त्यही हो । त्यो पैसा उठाउने जिम्मेवारी जसको छ, त्यो पैसा किन उठेन भनेर हामीले भनेको हो । पैसा उठाउने जिम्मेवारी लिएकोले पनि उठाएको देखिदैन । उठाउन खोजेनन् माफियाहरुको संरक्षण गर्न खोजे भनेर भन्ने प्रतिपक्षी दलको नेताले पनि दुईवटा पत्र लेखेर उठाउनु पर्दैन भन्नुभयो । त्यसो भए हामीले सोध्नुपर्‍यो माफियासँगको संरक्षण कसको पालामा कसरी भएको रहेछ ? किन रहेछ ? अब हामी सोध्छौँ । लेखा समितिले पुग्दैन भने संसदबाट एउटा शक्तिशाली छानविन समिति गठन गरियोस् । किन २२ अर्ब रुपैयाँ उठेन ? कसका कारणले उठेन ? कसले पत्र लेखेर रोक्यो ? त्यो चिज त चाहियो । ७ वर्षदेखि एउटै मान्छेले नेतृत्व गरेको छ । अरु पनि हेर्नु छ त्यसभित्र । लेखा समितिले स्वतन्त्रतापूर्वक काम गर्न पाउँदैन भने छानविन समिति बनाउनुपर्छ । यो अहिले बनेको सरकार यो भन्दा गतिलो संख्या पुग्दैन । यो संख्याप्रति जनताको आशा छ, विश्वास छ । यो समिकरणप्रति जवाफदेहिता पनि छ । प्रचण्डजीले अर्को पनि भन्नुभयो, उहाँले धम्किपूर्ण प्रेमगीतको सुसेली हाल्नुभयो । म कहाँ नआउ है भनेर । कोही पनि आउनेवाला छैन । भ्रममा नपर्नु । एक्लै लड्नु । भनेकै त्यही हो ।’

सांसद बाँस्कोटाले वर्तमान सरकारप्रति जनताको आशा भएको बताउनु भयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि आफूलाई खोज्दै नआउन भनेको भन्दै दाहाललाई खोज्न कोही नआउने बताउनु भयो । उहाँले दाहाललाई कोही खोज्न आउने भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।