२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार पहिलो घण्टामा नेप्से २००० विन्दु माथि पुगेर नयाँ रेकर्ड कायम



symbolic picture
अ+ अ-

काठमाडौं । सोमबार पनि नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । हालसम्मकै उच्च विन्दु कायम गर्दै नेप्से २ हजार ४ दशमलव १९ पुगेको हो । कारोबारको एकघण्टाको अवधिमा १८९ ओटा कम्पनीको रू. २ अर्ब ६७ करोड ५९ लाख ८४ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ भने दोस्रोमा ग्रिन डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव ७० प्रतिशत वृद्धि भएको छ । कारोबारमा आएका १२ ओटा समूहको परिसूचक बढेसँगै नेप्से बढेको हो ।

१२ ओटा समूहमध्ये सबैभन्दा बढी ब्यापार समूहको परिसुचक ७ दशमलव ३३ प्रतिशत र दोस्रोमा बैंकिङ समूहको परिसुचक २ दशमलव ८७ प्रतिशत वृद्धि भएको छ । सर्वाधिक कारोबार नेपाल बङ्गलादेश बैंकको रू.१८ करोड ३१ लाख ६९ हजार बराबरको शेयर खरीदविक्री भएको हो । पछिल्लो समयमा अनलाइन कारोबार बढेसँगै नेप्से बढेको लगानीकर्ताहरु बताउँछन् ।