२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जति नै हल्ला मच्चाएपनि कुनै पनि हालतमा सरकार परिवर्तन हुँदैनः मन्त्री ज्ञवाली



अ+ अ-

तम्घास । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा अस्थिरता चाहने शक्तिहररुले जति नै हल्ला मच्चाएपनि कुनै पनि हालतमा सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ । मन्त्री ज्ञवालीले गृह जिल्ला गुल्मीमा रहेका सत्यवती गाउँपालिकाका विभिन्न कार्यक्रममा बोल्दैे यस्तो बताउनुभएको हो । 

देशमा धेरै समय पछि राजनीतिक स्थायीत्व कायम भएको कुराको विरुद्दमा रहेकाहरुले जति नै हल्ला मच्चाएपनि कुनै पनि हालतमा सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभएको हो । 

उहाँले सरकारले राम्रो काम गरेको र केका लागि सरकार परिवर्तन भन्दै प्रश्न समेत गर्नुभयो । त्यसैगरी बोल्नेक्रममै उहाँले पछिल्लो समय पार्टीमा देखिएको विवाद छलफल र बैठकको माध्यमबाट नै समाधान हुने पनि बताउनुभयो । उहाँले ठुलो परिवारमा कहिले काँही विवादहरु सृजना हुनु सामान्य रहेको र त्यसलाई छलफल र बैठकको माध्यमबाट समाधान गरिने बताउनुभयो ।