२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

करोडौं रकमको प्रस्ताव गरेपनि आर माधवनले पान मसालाको विज्ञापन गर्न अस्वीकार गरे



अ+ अ-

एजेन्सी । बलिउड तथा साउथ अभिनेता आर माधवनले हालै पान मसाला ब्रान्डको समर्थन अस्वीकार गरेका छन् ।

यसका लागि कलाकारलाई ठुलो रकमको अफर आएको थियो । तर, दर्शकप्रतिको आफ्नो जिम्मेवारीलाई ध्यानमा राख्दै अभिनेताले यो प्रस्ताव अस्वीकार गरेका हुन् ।

दर्शकलाई हानि पुग्ने कुनै पनि ब्रान्डलाई प्रचार गर्न नचाहेको अभिनेताले बताए । स्रोतका अनुसार एउटा ठूलो पान मसाला कम्पनीले आफ्नो ब्राण्डको पहुँच बढाउने प्रयास गरिरहेको थियो । अब माधवनले अस्वीकार गरेपछि कम्पनीले ब्रान्डका लागि नयाँ अनुहार खोजिरहेको छ ।

केही समयअघि अभिनेता अजय देवगन, शाहरुख खान र अक्षय कुमार पान मसाला र गुटखा ब्राण्डको प्रचार गरेको भन्दै आलोचनामा परेका थिए । यसपछि अक्षयले यस्तो प्रमोशनमा सहभागी नहुने घोषणा गरेका थिए । उनले फ्यानसँग माफी पनि मागेका छन् ।