२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसको बिचारमा गोबर भरिएको छ !



अ+ अ-

काठमाडौ । मुलुकका बिभिन्न स्थानमा पछिल्ला दिनमा राजसंस्था र हिन्दुराज्यको पक्षमा भै रहेको प्रदर्शन लाई  लिएर जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष  डा .बाबुराम भट्टराईले राजतन्त्र लाई गोबरसंग तुलना  गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा .प्रकाशचन्द्र लोहनीले डा .भट्टराईहरुको दिमागमा रहेको बिशाक्त सोच नियन्त्रणका लागि गोबर उपयुक्त हुने टिप्पणी गर्नुभएको छ ।  
डा .भट्टराईले सामाजिक संञ्जालमा लेख्नु भएको छ –युवासंग आग्रह, गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ, अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकी गिलास भरौं, नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् ! अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं ! दुबैसॅग लडेर अघि जाने साहस गरौं  ।

 

भट्टराईले लेखेको सन्देशलाई प्रतिबाद गर्दे डा. लोहनीले लेख्नु भएको छ — भुतपूर्ब माओवादी र यसको सफाया सिद्धान्तका जोरदार प्रवर्तक, बिचमा तटस्थ, अनि नेपाली कांग्रेस समर्थित नेता, र हाल फेरि अर्को पार्टीका नेता सम्माननीय पूर्वप्रधान मन्त्रि बाबुराम भट्टराईको भनाइ आज फेसबुकमा पढदा मेरो टिप्पणी – कसैलाई मन परेन भने उसलाई गाली गर्न मन लागे शब्द चयनमा विचार गर्न मेरो अनुरोध। 

नेपालमा गोबर घरमा रहेको किटाणु नियन्त्रण गर्न प्रयोग हुन्छ  । गोर्खाबासिलाई यो थाहा हुनु पर्छ। त्यसैले यो संग नडराऊ।  ठिक तरिकाले प्रयोग गरे यसले देशमा स्थिरता र देशको स्वास्थ सुधार गर्न  लै बल दिन्छ ।  गिलास आधा भरिएको भनाइ  पुरा  सत्य होइन गिलास आधा रित्तो छ र जुन गतिमा देश गैरहेछ त्यो कायम रहे गिलास चाडै पुरै रित्तो हुनेछ र देशको अस्तित्व संकटमा पर्नेछ  यो स्थिति आउन नदिन युवाहरु सक्रिय हुनु जरुरी भै सकेको छ ।

आफ्नो राजनैतिक जीवनमा कुन स्याल र  ब्वासो भन्ने बाबुरामजीलाई  थाहा रहेछ। धेरै वर्ष बाहिर बस्दा यो बुझ्नु भएको रहेछ। त्यसैले अब सबै मिलेर संबिधानमा सुधार गरौ। संबिधान भित्र रहने राजसंस्था कायम गरौ। धर्म निरपेक्षताको नाममा र बिदेशी पैसाको बलमा देशमा व्यापक धर्म परिबर्तनको अभियानमा रोक लगाऊ र नेपालको हिन्दु राष्ट्र पहिचान कायम गरौ । भ्रस्टाचार माथि निर्मम प्रहर गरौ, यी कम गर्न संबिधानमा केहि परिवर्तन गरौ ।