२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न पुर्वआइजीपीहरुको माग



अ+ अ-

काठमाडौं । पूर्व प्रहरी संगठन प्रमुख मञ्च, काठमाडौंले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।

मञ्चले मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुनेगरि सार्वजनिक कार्यक्रममा एक विशिष्ट श्रेणीका राष्ट्रसेवक नेपाल प्रहरीका ‘प्रहरी महानिरीक्षको जिब्रो थुत्नुपर्ने’ जस्ता शब्दहरुको प्रयोग गरेकोमा गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

‘पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग् सबैले शालिन, ससंस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन् । यसको विपरित माननीज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरीजस्तो गरिमामय र नेपालको सरकारको सबैभन्दा सक्रिय संगठनको नजरबाट माननीयज्यू गिर्नुभएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

साथै, मञ्चले आफ्नो अभिव्यक्ति फिर्ता लिएर प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग माफी माग्न समेत आग्रह गरेको छ ।

गत शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।




भर्खरै