२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका रक्षामन्त्री वेइ फेङहे बिहान १० बजे काठमाडौ आईपुग्दै



अ+ अ-

काठमाडौं । चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे एक दिने नेपालको भ्रमणका लागि आज बिहान १० बजे काठमाडौ आईपुग्दै हुनुहुन्छ । २० सदस्य रहेको भ्रमण  टोलीको नेतृत्व गर्दे औपचारिक भ्रमणका आउन लाग्नु भएका वेइ बिमालस्थल बाट बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नुहुने छ ।

दुताबासले आयोजना गर्ने दिवाभोजमा सहभागी भै सकेपछि उहाँ  नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा संग औपचारिक वार्ताका लागि सैनिक मुख्यालय भद्रकाली पुग्नु हुने छ ।  प्रधानसेनापति थापा संगको छलफल पछि वेई प्रधानमन्त्री केपी ओली संग भेट गर्न वालुवाटार स्थित प्रधानमन्त्री निबास जाने र त्यस पछि राष्ट्रपति बिद्यादेबी भण्डारी संग भेट गर्न शितल निबास जाने कार्यक्रम रहेको  छ । केहि घण्टाको नेपाल  बसाई पछि वेई बंगलादेश तर्फ जानु हुने छ ।