२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक आगामी १६ गते बस्ने



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अधयक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गर्नुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफसहितको प्रस्ताव पेश गर्नुभएको हो । गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले पेश गर्नुभएको प्रस्ताव र सो प्रस्तावमा उठेका प्रश्नहरुको अध्यक्ष ओलीले जवाफ दिनुभएको छ । उहाँले पेश गर्नुभएको प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको पार्टी प्रवक्त नारायणकाजी श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार प्रस्ताव अध्ययन गरी छलफलका लागि अर्को बैठक मंसिर १६ गतेका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा १६ गते दिउँसो एक बजे बस्ने बैठकले दुईअध्यक्षका प्रस्तावमाथि छलफल अगाडी बढाउने उहाँले बताउनुभयो ।

बैठकमा बोल्ने सचिवालय सदस्यहरुले पार्टीभित्र देखिएको समस्या र संकटहरुको समाधान गर्न छलफल गरी अगाडी बढ्नुपर्ने बताएका छन् । अध्यक्षद्वय ओली र प्रचण्ड तथा अन्य सचिवालय सदस्यहरुले पार्टीको एकता बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले अहिलेको पार्टीभित्रको बहसल एकतामा विचलन पैदा हुने र पार्टी फुटको दिशातिर जाने ढंगले नसोच्न पनि आग्रह गर्नुभयो । उहँले भन्नुभयो, ‘‘यो छलफल र बहसले एकतामा विचलन पैदा हुने वा फुटको दिशामा जाने ढंगले सोच्नु पर्दैन । एकताको रक्षा र सुदृढिकरण गर्न अहिलेको छलफल र बहसको सदुपाये गर्नुपर्छ भन्ने सबैको विचार हो ।’’

नेकपाले स्थानीय कमिटी बैठक मंसिर १८ मा र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।