२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता संजय दत्तसँगको भेटमा कंगनाले दिइन् स्वास्थ्य लाभको कामना



अ+ अ-

मुम्बई । कंगनाले सामाजिक सञ्जालमा संजयसँगको फोटो सेयर गर्दै स्वास्थ्य लाभको कामना गरेकी छिन्। उनले लेखेकी छिन्, ‘हामी हैदराबादको एउटै होटलमा बसेको थाहा पाएपनि आज बिहानै संजू सरलाई भेट्न  र उनको स्वास्थ्यबारे सोध्न पुगेँ। अत्यन्तै खुशी पनि भए। किनकि, संजय अझै पहिलेभन्दा ह्यान्डसम र स्वस्थ देखिएका छन्।’ संजय दत्तलाई फोक्सो क्यान्सर भएको छ। उनलाई स्वास लिन कठिनाई भएपछि मुक्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो। उनले क्यान्सरको लडाइ जितेको गत महिना जानकारी दिएका थिए।

बलिउड अभिनेत्री कंगना रनौत आउँदो फिल्म ‘थलाइवी’को अन्तिम सुटिङको लागि अहिले हैदराबादमा छिन्। उनले सुटिङकै क्रममा अभिनेता संजय दत्तलाई भेटेकी छन्। कंगना फिल्म थलाइबीको मुख्य भुमिकामा देखिदै छिन्। उनी तमिलनाडुको पूर्व सीएम जयललिताको भूमिकामा देखिने भएकी छिन्। यस फिल्म जयललिताको बायोपिकमा आधारित छ। फिल्मलाई एएल विजयले निर्देशन गरिरहेका छन्। यो फिल्म हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज हुनेछ।