३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम पुर्वानुमान: आंशिक देखि सामान्य बदली



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको प्रभावका कारण हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ  ।  

महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ रहेको जनाएको छ ।

साथै, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भने,  प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।