२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर बम विष्फोटको घटनाबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छ: एमाले



अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यही भाद्र १३ गते पाँचथरमा बेवारिसे बम विष्फोटमा एकै घरका २ जना बालबालिकाको ज्यान गएको र २ जना घाईते भएको घटनाप्रति दु:ख व्यक्त गर्दै त्यसबारे तत्काल जानकारी गराउन गृहमन्त्री रमेश लेखकसँग माग गर्नुभएको हो ।

प्रमुख सचेतक उहाँले सो बेवारिसे बम तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला बेवारिसे अवस्थामा छोडिएको कुरा विभिन्न समाचार माध्याममा आएको उल्लेख गर्दै त्यसबारे सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने जिकिर समेत गर्नुभयो । प्रमुख सचेतक बर्तौलाले यस्ता बेवारिसे बम विष्फोटको घटनालाई सरकारले गम्भिरतापूर्वक लिई अनुसन्धानको कामलाई तिब्रता दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यही भाद्र १३ गते पाँचथरमा एउटा असाध्यै दु:खद् घटना घट्यो । डाँडाटोलमा रहेको आईतराज केरुङको घर आसपास बेवारिसे बम फेला पर्‍यो । त्यो विष्फोट हुँदाखेरी विशेष गरी यो सशष्त्र द्धन्द्धकै २ जना बच्चाहरुको निधन भयो, मृत्यु भयो । त्यस विष्फोटमा गरी अन्य २ जना बालकहरु घाइते पनि भए । यो असाध्यै दु:खद घटना हो सम्माननीय सभामुख महोदय । यो दु:खद् घटना हो । सरकारले यस्ता घटनाबारे गम्भिरताका साथ अनुसन्धान गर्नुपर्ने देखिन्छ । सामान्यतया यतिका दिन भईसक्दा पनि यस घटनामा जोडिएका दोषी को हो ? यो सरकारले सरकारले यो सदनलाई आएर बताउनु पर्छ । थाहा दिनुपर्छ । यस्तो गम्भिर प्रकृतिको घटनामा माननीग गृहमन्त्रीज्युले संसदमा जानकारी गराउनु बढदा उपयुक्त हुन्छ । म यो माग गर्न चाहन्छु । हामीले यो छापा मिडियाहरुमार्फत सुन्यौ, थाहा पायौं कि यो विशेष गरी सशष्त्र द्धन्द्धकै समयमा बिछयाइएको बमहरु, छोडिएका बमहरु, फ्याँकिएका बमहरु नै अहिले आएर विष्फोट भयो । यदि त्यसो हो भने सम्माननीय सभामुख महोदय, यो घटनाप्रति जवाफदेही को हुनुपर्ने हो ?कसले जिम्मा लिनुपर्ने हो ? सामान्य तया राज्य पक्षबाट यस प्रकारको बेवारिस बमहरु छोडेर हिँडने हामी देख्दैनौं, सुन्दैनौं । त्यतिबेलाका द्धन्द्धको एउटा पक्षबाट यस प्रकारका बेवारिसे बमहरु विभिन्न ठाउँमा छोडिएको हो भने सम्बन्धित पक्षले यसको बारेमा जिम्मेवारी लिनुपर्छ । ’

प्रमुख सचेतक बर्तौलाले तत्कालीन विद्रोही पक्ष माओवादीले देशका कुनकुन ठाउँमा बेवारिसे अवस्थामा त्यस्ता बमहरु राखेको छन् ? भन्ने कुराको खोजीमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।