२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारोबारको अन्तिम दिन बिहिबार  नेप्से १८९३.२४ विन्दुमा, कारोबार रकम हालसम्मकै उच्च



symbolic picture
अ+ अ-

काठमाडौं । बिहीबार शेयर बजारमा यस अघिको ऐतिहासिक उच्च विन्दु १ हजार ८८१ पार गरेर १ हजार ८९३ दशमलव २४ विन्दुमा बन्द भएको छ । यो दिन बजार १८ दशमलव ४३ अंकले बढेको हो । उता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८५ अंक बढेर ३६५ दशमलव १८ विन्दुमा पुगेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीवार हालसम्मकै उच्च रकमको शेयर कारोबार भएको छ । यो दिन रू. ७ अर्ब ६१ करोड ३० लाख ३० हजार बराबरको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर कारोबार भएको हो । उक्त कारोबार २०१ ओटा कम्पनीको ७० हजार ३ पटकको व्यापारमा भएको हो । बिहीवार कारोबार रकमसँगै कारोबार कित्ता र व्यापार पटकले नै ऐतिहासिक रेकर्ड राखेको हो ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो कम्पनीको रू. ५८ करोड १३ लाख १७ हजार बराबरको शेयर कारोबार भएको हो । बिहीवार रू. १ हजार ३३७ मा खुला भएको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६५ ले बढेर १ हजार ३३९ पुगेको छ । यस दिन नेपाल पुनर्बीमा कम्पनीको अधिकतम रू. १ हजार ३८७ र न्यूनतम रू। १ हजार २७५ सम्म शेयर खरीदविक्री भएको छ । बिहीवार एनएमबि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले, पाँचथर पावर कम्पनीको ९ दशमलव ९५ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ९ दशमलव ७९ प्रतिशत र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ दशमलव ५९ प्रतिशतले बढेको छ ।

नेप्सेले ऐतिहासिक रेकर्ड कायम गरेको बिहीवारको बजारमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सर्वाधिक ६ दशमलव १८ प्रतिशतले घटेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य यस दिन प्रतिकित्ता रू. ४९४ ले घटेर अन्तिम मूल्य रू. ७ हजार ५०६ मा झरेको हो । बिहीवार बजारमा बैंकिङ समूहको परिसूचक सर्वाधिक २ दशमलव ७ प्रतिशतले बढेको छ । यो दिन जलविद्युतको शून्य दशमलव ४६ प्रतिशत, अन्य १ दशमलव शून्य २ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६२ प्रतिशतले बढेको छ ।व्यापारिक समूहको परिसूचक सर्वाधिक ५ दशमलव ३३ प्रतिशतले घट्दा होटलको २ दशमलव १ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३९ प्रतिशत, वित्तको शून्य दशमलव ६५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ६७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५८ प्रतिशत र जीवन बीमाको १ दशमलव २१ प्रतिशत परिसूचक घटेको छ ।