२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा अत्याधिक माग भएको नेपाली तयारी पोशाकलाई एनटीपीपी समावेश गर्न सरकारले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्याधिक माग भएका नेपाली तयारी पोशाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम थप गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित नेपाल–अमेरिकामा व्यापारका सम्भावना र चुनौती विषय कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

उहाँले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम ९एनटीपीपी०मा समावेश ७७ वस्तुमा तयारी पोशाक लगायत अमेरिकामा अत्याधिक माग भएका वस्तु थप गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शुन्य भन्सार महशुल सुविधा प्रदान गर्दै आएको बताउनु भयो । उहाँले उक्त सूचिमा रहेका वस्तुहरु सोच जस्तो नेपालबाट अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भवना भएका तयारी पोसाक लगायतका थप वस्तुहरु (एनटीपीपी) समावेश गर्नको लागि सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले नेपाल र अमेरिकाबीच व्यापारमा चूनौतिहरु रहेको बताउँदै एनटीपीपीबाट नेपालले उच्च प्रतिफल लिन नसकेको दाबी गर्नुभयो । उहाँले (एनटीपीपी) को म्याद २०२५ डिसेम्बरमा सकिन लागेको भन्दै म्याद थपको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अल्पविकसित बाट विकासोन्मुख मुलुकमा २०२६ मा स्तरोन्नति हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक देखिएको धारणा राख्नुभयो । उहाँले नेपालबाट निर्यात हुने वस्तु गलैँचा पहिलो नम्बरमा रहेको भन्दै नेपाली तयारी पोशाकमा ७७ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा झरेको बताउनु भयो । उहाँले नेपाली तयारी पोशाकको माग अमेरिकामा दिनप्रतिदिन बढी रहेको पनि दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल अमेरिकाको दोस्रो कि ट्रेडर पाटर्नरको रुपमा रहेको छ । अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शुन्य भन्सार महशुल सुविधा प्रदान गरेको छ । उक्त सूचिमा रहेका वस्तुहरु सोच जस्तो नेपालबाट अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भवना भएका तयारी पोशाक लगायतका थप वस्तुहरु (एनटीपीपी) समावेश गर्नको लागि सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्नु जरुरी छ । नेपाल र अमेरिकाबीच व्यापारमा चुनौतीहरु छन् । (एनटीपीपी)बाट नेपालले उच्च प्रतिफल लिन नसकेको देखिन्छ । (एनटीपीपी) को म्याद २०२५ डिसेम्बरमा सकिँदै छ । म्याद बढाएर ७७ वस्तुको सूचिलाई पुनरावलोकन गरी अमेरिकामा अत्याधिक माग भएका थप नेपाली वस्तुहरुलाई समावेश गर्नुपर्ने देखिन्छ । अल्पविकसितबाट विकासउन्मुख मुलुकमा २०२६ मा स्तरउन्नती हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक छ । नेपालबाट निर्यात हुने वस्तु गलैँचा पहिलो नम्बरमा छ । तयारी पोशाकमा ७७ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा झरेको छ । नेपाली तयारी पोशाकको माग अमेरिकामा दिनप्रतिदिन बढ्दो छ ।’

उहाँले निजी क्षेत्रका मुद्दाहरुमा सहजिकरण गरी व्यवसायिक गतिविधिमा वृद्धि हुने बताउनु भयो । उहाँले सरकारले विदेशमा नेपाली उत्पादन निर्यात गर्दा निर्यातकर्ताहरुले फाइदा लिन्छ भन्ने परम्परागत हिसावको सरकारको सोच परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय गतिशिल रुपमा निजी क्षेत्रले काम गर्ने वातावरण मुलुकभित्र नभएको भन्दै सरकारले लगानीको वातारण बनाउन जरुरी रहेको बताउनु भयो ।