२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु



अ+ अ-

काठमाडौ । नेपाल भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको छ । काठमाडौको दरबारमार्गमा रहेको होटल याक एण्ड यतिमा शुरु भएको बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव  भरतराज पौडेलले गर्नुभएकोृ छ भने भारतीय पक्षको नेतृत्व  भारतीय बिदेश सचिव हर्षबर्द्धन श्रृंगलाले गर्नुभएको छ ।

 बिदेश सचिब स्थरिय बैठकमा भाग लिन श्रृंगला आजै काठमाडौ आईपुग्नु भएको हो । छलफलमा नेपाल भारत  द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा  छलफल हुने जनाईएको छ । आज औपचारिक छलफल सकिएपछि बिदेश सचिव श्रृंगला  भारत सरकारको सहयोगमा गोरखामा निर्माण गरिएको  आबास हस्तान्त्रण कार्यक्रममा सहभागी हुन गोरखा जानु हुने छ ।

२०७२ सालमा  भएको गोरखा भुकम्प पछि भारत सरकारले सहयोग स्वरुप  ५० हजार घर निर्माण गर्ने घोषणा गरेको थियो । यसै गरी बिदेश सचिव श्रृंगला  शुक्रबार नै मनाङ्गमा निर्माण गरिएको गुम्बा उद्घाटन  गर्न जाने कार्यक्रम रहेको छ ।