२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रफाहमा हमासका नेताको मृत्यु भएको इजरायली सेनाको दाबी



अ+ अ-

एजेन्सी । इजरायली सेनाले मङ्गलबार दक्षिणी गाजा पट्टीको रफाह सहरमा हमासको तेल अल–सुल्तान बटालियनका कमान्डर महमुद हमदानको मृत्यु भएको दावी गरेको छ ।

ड्रोन निगरानीको माध्यामबाट हमास सेलहरू पत्ता लगाई इजरायली वायु सेनाले आक्रमण गरी छापामार्ने क्रममा हमदान, बटालियनका तीन अतिरिक्त कम्पनी कमान्डरहरूसँगै मारिएको इजरायली सैन्य प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

गत अक्टोबरमा रफाहमा इजरायली सेनामाथि आक्रमण र अन्य कारबाहीको योजना बनाउन महत्वपूर्ण भूमिका खेलेको हामदानले बताउनुभएको छ ।

बटालियनको नेतृत्व तह र यससँग सम्बन्धित दर्जनौँ अन्यलाई हटाइएको अद्राईले घोषणा गर्नुभएको छ ।

यस विषयमा हमासको पक्षबाट भने हालसम्म कुनै टिप्पणी आएको छैन ।

अद्राईले लडाकु विमानले मध्य गाजाको अल–बुरेज क्षेत्रमा पहिले मस्जिद भएको भवनमा लुकेको ‘कमान्ड एण्ड कन्ट्रोल कम्प्लेक्स’भित्र हमाससम्बद्ध समूहलाई लक्षित गरी आक्रमण गरेको बताउनुभएको छ ।

हाल उक्त मस्जिद परिसर इजरायली सेनाविरुद्ध आक्रमणको योजना बनाई कार्यान्वयन गर्न प्रयोग गरिएकोसमेत उहाँले बताउनुभएको छ ।

यसैबीच, प्यालेस्टिनी सुरक्षा तथा चिकित्सा स्रोतले इजरायली लडाकु विमानले अल–फारुक मस्जिद र अल–बुरेज शरणार्थी शिविरको युवा क्लबलाई पनि लक्षित गरी आक्रमण गरेको जनाएको छ । चिकित्सा स्रोतले हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएको जनाएको छ ।