२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा फेरि एक युवतीको शंकास्पद मृत्यु



अ+ अ-

काठमाडाैंः झापाको मेचीनगर नगरपालिका-१४ की २७ वर्षीया तुलसा माया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियाको सिड्नीमा शंकास्पद अवस्थामा मृत्यु भएको छ।

दीक्षाको पारिवारिक स्रोतका एक वर्षअघि रवि प्रसाईसँग विवाह गरेकी दीक्षा चार महिना अघि मात्र अष्ट्रेलियाको सिड्नी पुगेकी थिइन् ।

दीक्षाकी आमा अम्बिका शिवाकोटीले सिड्नीको रडेलस्थित एभरेस्ट बुचरीमा पार्टटाइम काम गर्दै आएकी दीक्षा भदौ २३ गते विहान कार्यस्थलबाटै वेपत्ता भएको जानकारी प्राप्त भएको बताइन् ।

प्रहरीले साँझपख करिब २५ किलोमिटर टाढा फिलिप्स पार्कभित्र शंकास्पद अवस्थामा दीक्षाको शव फेला पारेको थियो ।

उक्त घटनापछि दीक्षाको मृत्युको विषयमा सत्यतथ्य र खोजी गरिदिन मृतकको माइती पक्षले अस्ट्रेलियाको प्रहरी र गैर आवासीय नेपाली संघ समक्ष हारगुहार गरेको छ ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली र अन्तर्राष्ट्रिय झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेतीसंग माइती पक्ष निरन्तर सम्पर्कमा पनि रहेको छ ।

काठमाडौं अनामनगरका रवि प्रसाईसंग गत वर्ष २०८० असार २९ गते दीक्षाको विवाह भएको थियो । यद्यपी दीक्षा र रवि प्रसाई दुवैको यो दोश्रो विवाह थियो ।

अस्ट्रेलियामै रहेकी पहिलो पत्नीसंग सम्बन्ध विच्छेद भएपछि रविले दीक्षासंग दोश्रो विवाह गरेका थिए । दीक्षाले समेत पहिलो पतिसंग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

अस्ट्रेलियन प्रहरीले घटना अनुसन्धानकै क्रममा रहेको जनाउँदै दीक्षाको शव परिवारलाई बुझाइ सकेको छैन । रविले दीक्षा वेपत्ता भएपछि खोजीका लागि रडेल र सिड्नीको प्रहरीसमक्ष निवेदन दिएका थिए ।