२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला कलामा रमाउँदै राजदूत पोलिट



अ+ अ-

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सोमबार बिहान मिथिला कला सिर्जना गर्ने स्थानीय महिलाहरुसँग भेट गर्नुभएको छ । उहाँले जनकपुर महिला विकास केन्द्र पुगेर स्वदेशी र अन्तर्राष्ट्रिय बजारका लागि सुन्दर मिथिला कला सिर्जना गर्ने महिलाहरुको प्रशंसा गर्नुभयो ।

राजदूत पोलिटले ट्विट गर्दै मिथिला कला सिर्जना गर्ने स्थानीय महिलाहरुको आम्दानीलाई कोभिडले प्रभावित बनाए पनि उनीहरुले त्यस्ता अवरोधहरुलाई तोडिसकेको र उनीहरुको नेतृत्व अगाडि बढेको बताउनुभयो ।

मैथिली भाषा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी जिल्लाहरूमा बोल्ने गरिन्छ । यही भाषाभाषीहरुका बिचमा पाइने कलालाई मिथिला लोककला भनिन्छ ।

मिथिला कला मुख्यतयाः गाउँका महिलाद्वारा अभ्यास गरिने र आमाबाट छोरीलाई सिकाइने मातृवंशीय भितेचित्र आधारित परम्परागत कला हो। माटो, गोबर र भुस मिसाएर माटोको भित्तामा विभिन्न ढाँचा, जनावर र पौराणिक पात्र चित्रित गर्नको लागि प्रयोग गरिन्थ्यो। 

विस्तारै प्रतिमा र छविहरू भित्तामा बनाउने कामबाट कागजमा बनाउने अभ्यास थालियो। 

मिथिला कलाको छुट्टै मौलिकता छ । मानवीय अनुभुति अर्थात रुपचित्र यस शैलीअन्तर्गत पर्दछन । प्रतीकात्मक र साङ्केतिक विम्बहरुकै समष्टि मिलन रेखाबाट यस लोककलाले पौराणिक कथावस्तुका रोचक घटनावलीलाई पछ्याएर प्रस्तुत गर्ने गर्दछ । मिथिला कला नै त्यहाँका जीवनशैलीका यथार्थ नमूना हुन् भनिन्छ । यसको मौलिक विषेशता र जीवित परिपाटी हो । महिला शिल्पीहरुका अनुसार यसको कथा बुझेको छ र हात बसिसकेको छ भने एउटा कृति एकै दिनमा तयार हुन्छ । कलाकारमा लामो साधना अध्ययन वा कलाकारीतामा गहिराई पनि हुनु जरुरी छैन । तर यस्ता चित्रहरु त्यहाँ अनिवार्य मानिन्छ  ।

मैथिली समुदायमा मिथिला चित्रकला पवित्र मानिन्छ । मिथिला चित्रकलाको प्रयोग सबैजसो शुभकार्यमा गरिन्छ । भूमिचित्र, अडिपन, भित्तेचित्रलगायतका चित्र धार्मिक तथा सामाजिक कार्यमा प्रयोग गरिन्छ । मिथिला चित्रकलाले मैथिली क्षेत्रको जनजीवन र धार्मिक परम्परालाई ग्रहण गरेको छ ।