२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार ६४ दशमलव ७० अंकले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौं । शेयर बजारमा परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ । साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ९६ अंकले बढेर ३ सय ६२ दशमलव ३३ अंकमा बन्द भएको छ । दिनभर १ सय ९६ कम्पनीको ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको १ करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर खरिदविक्री भएको छ ।

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु, र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । त्यसैकारण बजारमा शेयरको माग बढ्न जाँदा परिसूचकले पनि नयाँ उचाई तय गर्दै गएको देखिन्छ ।

बुधबार कारोबारमा आएका समूह मध्ये होटल समूहको सूचक मात्रै घटेको छ । बाँकी सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ७ दशमलव ९३ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ७ दशमलव ३२ प्रतिशत, अन्य समूह ६ दशमलव ७२ प्रतिशत, लघुवित्त समूह ३ दशमलव ८६ प्रतिशत, निर्जीवन बीमा समूह ३ दशमलव ३१ प्रतिशत, बैंकिङ समूह २ दशमलव ९७ प्रतिशत, विकास बैंक समूह १ दशमलव ३७ प्रतिशत, फाइनान्स समूह १ दशमलव ७२ प्रतिशत, जलविद्युत समूह १ दशमलव ७१ प्रतिशत, जीवन बीमा समूह १ दशमलव ७४ प्रतिशत र म्युचुअल फण्ड समूह १ दशमलव ३५ प्रतिशतले बढेको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार नेको इन्स्योरेन्सको संस्थापक शेयरको ४२ करोड २९ लाख ९८ हजार रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । जसको २९ करोड ४४ लाख ८१ हजार रुपैयाँ बढीको कारोबार भएको छ । नबिल बैंकको पनि २३ करोड १९ लाख ४८ हजार रुपैयाँको शेयर खरिदविक्री भएको छ । बुधबार एनएमबि माइक्रोफाइनान्सक कम्पनीका शेयरधनी र बिशाल बजार कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । नेपाल दुरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, शिवम सिमेन्ट लगायतका कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशतले कमाएका छन् । बजारमा उच्च वृद्धि भएपनि लक्ष्मी इक्वुटी फण्डका इकाईधनीले सबैभन्दा धेरै ३ दशमलव ६८ प्रतिशतले गुमाएका छन् ।
 




भर्खरै