२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटिहोमको आय व्यय विवरण सार्वजनिकः आम्दानीभन्दा खर्च बढी भएको हिसाब



अ+ अ-

काठमाडौँ । पशुपति मन्दिरमा साउनमा एक महिनासम्म आयोजित कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण सार्वजनिक गरिएको छ ।

कोटीहोम सकिएको झण्डै दुई महिनापछि आयोजक विजय कृष्णमुर्तिले आय व्यय विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरणअनुसार ७२ लाख ऋण लागेको कृष्णमुर्तिले बताएका छन् ।

उनका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो ।

यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको थियो । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गरेका छन् ।

यद्यपि, महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ उठ्न बाँकी रहेको भन्दै यो रकम आयो भने बचत हुने कृष्णमुर्तिले बताए ।

उनका अनुसार नगद रसिदबाट १७ करोड ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो भने क्यूआर पेपेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो । यस्तै, दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको उनले बताए ।