२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते



फाइल तस्बिर
अ+ अ-

ढोरपाटन । बागलुङमा गत असार, साउन र यही भदौ महिनामा बाढीपहिरोमा परि १८ जनाको मृत्यु भएको छ ।

असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परि दशजना पुरुष र आठ जना महिनालाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा छ महिला र छ पुरुष गरि १२ जना, बागलुङ नगरपालिकामा तीन पुरुष र एक महिला गरि चार जना, गलकोट नगरपालिकामा एक महिला, एक पुरुष गरि दुई जनाको मृत्यु भएको छ ।

यसवर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो । पहिरोमा परि २२ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइतेमध्ये सात जना बडिगाड गाउँपालिका, एक जना जैमिनी नगरपालिका र एकजना बरेङ गाउँपालिकाको रहेको प्रहरी निरीक्षक पौडेल बताउनुहुन्छ । बाढीपहिरोमा परि २२ वटा पशुचौपाया मरेको उहाँको भनाइ छ । बडिगाड गाउँपालिका–१० का ११ वर्षीय बालक अझै बेपत्ता रहेको पौडेलले बताउनुभयो ।

जिल्लामा गत असार १५ गतेदेखि बाढीपहिरोले क्षति पुर्‍याउन थालेको थियो । बाढीपहिरोका कारण बागलुङको बडिगाडमा मात्रै करिब ८० परिवार प्रभावित भएका थिए । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत जिल्लामा करिब एक सय ५० घरपरिवार प्रभावित भएको आँकलन गरिएको छ । वर्षा अझै पूर्णरुपमा नरोकिएको हुँदा जोखिम कायमै रहेको छ ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बाढीपहिरोबाट यसवर्ष बडिगाडले क्षति ब्यहोर्नु परेको बताउनुभयो । बाढीपहिरो प्रभावित परिवारलाई गाउँपालिकाले आवश्यक सहयोग गरि सुरक्षित स्थानमा सार्ने, खाद्यान्न वितरण लगाएको काम गरेको उहाँको भनाइ छ । पालिकाको स्रोत साधानले भ्याएसम्मको व्यवस्थापन गरेको भन्दै माथिल्लो निकायबाट सहयोगको अपेक्षा गरेको उहाँ बताउनुहुन्छ ।

बाढीपहिरोले वडा नं १० मा सबैभन्दा बढी क्षति गरेको भन्दै विस्थापित परिवारलाई पुन:स्थापनाका लागि प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यकपर्ने अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसवर्ष हामीहरुले कल्पनानै नगरेको घटना भयो, बाढीपहिरो अप्रत्यसित ठाउँमा गयो, यसले सिङ्गो बडिगाडलाई स्तब्ध बनाएको छ, अझै पनि वर्षा रोकी नसकेको हुँदा आम नागरिलाई सजक हुन आग्रह गरेका छौँ, बाढीपहिरोले धेरैलाई घरबारविहीन बनायो, कतिलाई परिवार, आफन्त विहीन बनायो, पीडामा परेका नागरिकको घाउमा हामीहरुले सक्दो मलम लगाउने कोसिस गरेका छौँ ।”




भर्खरै