२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराेले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध



फाइल फाेटाे
अ+ अ-

डडेल्धुरा । बुधबार बेलुकादेखि परेको निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन् ।

तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त राजमार्गको साहुखर्कमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरामा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

डोटीको बुडरबाट जोगबुढासम्म पुग्ने सडक पनि पूर्ण रूपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ । गए रातिदेखि हुरीबतास र वर्षाले डडेल्धुरामा विद्युत् सेवा पनि अवरुद्घ भएको छ । रासस