२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य आज पनि घट्यो



अ+ अ-

काठमाडौं । मंगलबार सुनको मुल्य तोलामा ९२ हजार ५ सयले कारोबार भएको थियो तर आज तोलामा एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा १८ सयले घटेको थियो ।    

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार सय निर्धारण गरिएको छ ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।