महोत्तरी । ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले ५ जनाभन्दा बढि भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालका अनुसार बुधबार बिहान ९ बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएपछि स्थिति बिग्रन नदिन भन्दै महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।
बर्दिवास–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलवशा (गुलाव साह) खातुनको हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै मङ्गलबार भएको आन्दोलनमा भीड नियन्त्रण गर्न चलाएको गोली लागी न्यौपाने घाइते भएका थिए ।
निषेधाज्ञा जारी क्षेत्रहरु: बर्दिवास नगरपालिकाको पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को गौरीवास (पाटु) र दक्षिणमा वार्ड नं ८ को हात्तीलेट क्वार्टर चोक
निषेधाज्ञा जारी भएको क्षेत्र मा ५ जनाभन्दा बढस् भेला हुन पाउने छैनन् ।












