२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिटै कृषि ऐन ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयले कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि शुरुवात गरिसकेको बताउनु भयो । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेको बताउनु भयो । उहाँले बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि शुरुवात गरेका छौँ । हामीले कृषि ऐन नै लामो समयदेखि ल्याउन सकेका छैनौँ, कृषि ऐन ल्याउँदैछौँ । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेका छन् । छलफल अघि बढिरहेको छ । बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराएर यहाँहरुका बीचमा ल्याउने काममा पनि म आफू क्रियाशिल रहनेछु । सिंगो कृषि ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने छ ।’

मन्त्री अधिकारीले किसानलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले व्यवसायिक हितका लागि सरकारले आवश्यक काम गरिरहेको पनि उल्लेख गर्नुभयो ।