२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले खेल क्षेत्रका सबै विधाहरुमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीहरुलाई आग्रह गर्नुभयो । उहाँले क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलहरुमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको बताउनु भयो । उहाँले नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अझै खेलहरुमा खेल विज्ञता, प्रविधिको विकास आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेल क्षेत्रका सबै विधाहरुमा हामी यसैगरी उन्नति प्रगति गर्दै जानेछौँ आगामी दिनमा । र बितेका केही वर्षहरुमा हामीले वास्तवमै उल्लेख्य प्रगति गरेका छौँ । चाहे क्रिकेटको सन्दर्भमा होस्, फुटबलको सन्दर्भमा, भलिबल, टेबलटेनिसको सन्दर्भमा, ब्याडमिन्टनको सन्दर्भमा थुप्रै प्रगति गरेका छौँ । हाम्रा खेलाडीहरुको खेल पनि हेरेको छु । फुटबल लगायतका खेलहरुमा आलोचनात्मक टिप्पणी के हुन्थ्यो भने हाम्रा खेलाडी ढिलो खेल्छन् । तर अहिले फुर्ति छ । हाम्रो टिम हेर्दा अन्तर्राष्ट्रिय स्तरकै लाग्छ । अहिले हाम्रो टिमको खेल हेर्दा अन्तर्राष्ट्रिय स्तरकै अ‍ेल देखिन्छ । हामीले अझै विभिन्न खेलहरुमा खेल विज्ञता, प्रविधिको विकास गर्नुपर्नेछ । सफलता हाँसिल गर्दै जानुपर्छ । खेलले आपसमा मित्रता र सम्बन्धलाई विकास गर्दै लैजान मद्दत गर्दछ ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले ओलम्पिक पदक विजेता गोवद्र्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान गर्नुभयो । सरकारले डिजिटल माध्यमबाट गोवद्र्धनको खातामा उक्त रकम जम्मा गरेको हो । प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।