२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री पौडेललाई आफ्नै गृहनगर बुटवलमा कालोझण्डा देखाइयो



अ+ अ-

काठमाडौं । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई बुधबार बिहानै बुटवलको नेपालगञ्ज रोडमा कालोझण्डा देखाइएको हो । नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ रुपन्देहीले उनकै गृहनगर बुटवलमा कालोझण्डा देखाएको हो । 

उनी सवार सवारीलाई रोकेर अर्थमन्त्रीको पदसँग राजधानी साटेको भन्दै तरुण दलका कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् ।

बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानीलाई दाङको भालुवाङमा स्थायी राजाधानी सार्न दिएर आफूले अर्थमन्त्री पद खाएको आरोप पौडेलमाथि रहेको छ ।