२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाता बलात्कार–हत्या प्रकरणः सीबीआईले आरोपीको नार्को टेस्ट माग्यो



अ+ अ-

एजेन्सी । केन्द्रीय अनुसन्धान ब्युरोले कोलकाताको सियालदह अदालतमा आर जी कार अस्पताल बलात्कार र हत्याका आरोपी सञ्जय रोयको नार्को–विश्लेषण परीक्षण गर्न अनुमति मागेको छ ।

आरोपीलाई शुक्रबार बन्द कोठा सुनुवाईका लागि सियालदह अदालतमा पेश गरिएको थियो । नार्को टेस्ट अनिवार्य भएकाले आरोपीको स्वीकृति पनि लिइएको छ ।

यसअघि रोयसहित आर जी कार कलेजका प्रिन्सिपल र अन्यको पोलिग्राफ परीक्षण भइसकेको छ ।

यसैबीच, कलेजको सेमिनार हलमा अगस्ट ९ देखि स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्राको बलात्कार र हत्याको विरोधमा जुनियर डाक्टरहरूले स्वास्थ्य भवन अगाडि विरोध प्रदर्शन जारी राखेका छन् ।

बिहीबार पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले जारी विरोधका बीच आफ्नो पदबाट राजीनामा दिन तयार भएको घोषणा गर्नुभयो ।

“म पश्चिम बङ्गालको मुख्यमन्त्रीबाट राजीनामा दिन तयार छु । मलाई पदको चिन्ता छैन । म पीडितको न्याय चाहन्छु । मलाई सर्वसाधारणलाई चिकित्सा सेवा पाउनेमा चिन्ता छ ।”

उहाँले आन्दोलनरत चिकित्सकलाई कुनै कारबाही नहुने पनि आश्वासन दिनुभयो ।