काठमाडौं । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । उनको उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालले जनाएको हो । उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो ।
प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ ।












