८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको कटाक्ष : ‘खड्गप्रसादका कारण बालदिवसको शुभकामना दिन सकिनँ’



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पीडित बालिकाले न्याय नपाएर मर्नुपरेका कारण बाल दिवसको शुभकामना दिन नसकिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज साँझ टिप्पणी गर्दै महानगर प्रमुख शाहले बाल दिवसको शुभकामना स्वयं प्रधानमन्त्रीलाई टक्रयाउन चाहेको र ग्रहण गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली)का कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन सकिन, सो शुभकामना स्वय प्रम ज्यूलाई नै टक्रयाउन चाहन्छु ग्रहण गर्नुहोला ।’

यसअघि आजै दिउँसो आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरप्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै टिप्पणी गरेका थिए । उनले बालेन्द्र शाहलाई बालकको संज्ञा दिएका थिए ।