कोरोना भाइरस (कोभिड—१९) का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनका कारण बन्द रहेका पर्यटकीयस्थलहरु सञ्चालनमा आउन थालेसँगै व्यवसायले पनि गति लिन थालेको हो । पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङ, फेवातालमा डुंगा सयर देखि लिएर क्यानोनिङ खुला भएको छ ।












