२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीको बर्दिवासका गोली चल्यो, एक जना घाईते



अ+ अ-

महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोधमा भएको  भएको प्रर्दशनमा प्रहरीको गोली चलाएको छ । आईतबार साँझ देखी हराएकी ६ वर्षिय बालिका गुलाब साह खातुनको सोमबार हत्या गरिएको अबस्थामा शव भेटिएको थियो । हत्या पछि बोरामा फ्याकिएको अवस्थामा  बालिकाको शव फेला परेपछि स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गर्दे प्रर्दशन भैरहेको छ ।

प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलि लागेर बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने  घाईते भएका छन् ।  कम्मरमुनी गोली लागेका न्यौपानेको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ । बालिका हत्याको आशंकामा प्रहरीले महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दादे बालिकाको शव मुख्य सडकमा राखेर प्रर्दशन गरिरहेका छन् । राजमार्ग अबरुद्ध हुनुका साथै  आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।