२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमा यन्त्रीकरण बढ्दै



अ+ अ-

चितवन । चितवनमा  पछिल्लो समय कृषिमा यन्त्रीकरणको प्रयोग बढ्दै गएको छ । यन्त्रीकरण बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार, विशेष गरी धान रोप्न, काट्न र  झाट्न  यन्त्रीकरणको प्रयोग बढ्दै गएको हो  । अर्कोतर्फ यस्ता यन्त्र महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानविना कृषकले खरिद गर्न कठिन हुने गरेको छ । उहाँले भन्नुभयो, “सरकारी अनुदान नपाउनेले आफँैले किनेर पनि उपकरण प्रयोग गर्न थालेका छन् ।” यन्त्रको प्रयोग गर्दा मजदूर खर्च ६० प्रतिशत बच्ने र कूल लागतमा २५ देखि ३० प्रतिशत खर्च घट्ने उहाँले जानकारी दिनुभयो । बीउ राख्नका लागि सिडर, रोप्नका लागि ट्रान्सप्लान्टर, काट्नका लागि रिपर र कम्बाइन हारबेस्टर र पराल उठाउनका लागि बेलरको प्रयोग हुँदै आएको छ । कतिपय उपकरण गहुँ र मकैलगायत बालीमा पनि प्रयोग हुने गर्दछन् । कतिपय भने एउटा बालीमा मात्रै प्रयोग हुने गर्दछ । प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिना अझै पनि कृषकहरुले उपकरण प्रयोग गर्दा आफूले पनि काम गर्नुपर्ने भएकाले झन्झट मानेको बताउनुहुन्छ । उहाँ पूरै काम गर्ने गरी खर्च बढी भए पनि मजदूर लगाउने गरेको बताउनुहुन्छ । 
 
उहाँ भन्नुहुन्छ, “यन्त्रको प्रयोग बढेको छ तर अपेक्षाकृत अझै बढ्न सकेको छैन ।” उहाँका अनुसार, स्थानीय पालिका, प्रदेश र सङ्घीय सरकारले उपकरणमा ५० प्रतिशत अनुदान दिँदै आएका छन् । कृषकले यो अनुदानलाई ९० प्रतिशतसम्म दिनुपर्ने माग गर्ने गरेको छन् । तराई -मधेश क्षेत्रका जिल्लामा धेरै पहिलेदेखि नै जोत्नका लागि ट्र्याक्टरको प्रयोग हुने गरेको थियो । पछिल्ला वर्षमा अन्य उपकरणसमेत प्रयोग हुन थालेको  परियोजना प्रमुख तिमिल्सनाले जानकारी दिनुभयो । सबै कृषकलाई उपकरणका बारेमा ज्ञान नभइसकेकाले ठूला चक्लाबन्दी फर्महरुमा सामूहिकरुपमा तालीम दिन सकेमा यन्त्रीकरणको प्रयोग बढ्दै जाने उहाँको भनाइ छ । सानासाना जग्गा र सहज उपकरण नपाउँदा पनि कृषकले यसको उपयोग कम गरेको पाइन्छ । सरकारी अनुदान हुँदा पनि धेरै रकम आफैँले लगानी गर्नुपर्दा जति आकर्षण हुनुपर्ने हुन नसकेको कृषकहरु बताउँछन् । 

जिल्लामा अधिकतम उपकरण प्रयोग गर्दै आएको बृहस्पति आधुनिक कृषि फर्मका सल्लाहकार मित्रराज दवाडी यन्त्रीकरण बढाउनका लागि सरकारको अनुदान ९० प्रतिशत हुनुपर्ने सुझाव दिनुहुन्छ । वर्षमा एक महिना धान रोप्ने प्लान्टर खरिद गर्न रु २५ लाख खर्च हुने जनाउँदै उहाँले वर्षभरि नै उपकरणको प्रयोग नहुने भएकाले लागत मूल्य बढी पर्ने बताउनुभयो । उहाँले धान रोप्ने, काट्ने, झाट्ने, गहुँ छर्ने र काट्ने उपकरणबाटै गर्दै आएको जानकारी दिनुभयो । जमीनलाई चक्लाबन्दी गरेर एकीकृत रुपमा यन्त्रीकरण प्रयोग गरी खेती गरेमा उत्पादन बढाउन र लागत घटाउन सकिने उहाँको भनाइ छ । अहिले नेपालमा भित्रिएका उपकरण सस्ता र कम टिकाउ हुने उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका दवाडीले लामो समय टिक्ने र राम्रा उपकरण भित्र्याउनुपर्ने सुझाव दिनुभयो । जिल्लाका पूर्व, पश्चिम र माडी क्षेत्रमा यन्त्रीकरणको प्रयोग बढ्दै गएको छ । प्रदेश सरकारले चक्लाबन्दी खेती गर्ने कृषकलाई यन्त्रीकरण र अन्य कामका लागि अनुदान दिँदै आएको छ । अनुदान पाएसँगै यन्त्रको प्रयोग बढ्दै गएको हो । पुरातन खेती प्रणालीमा लागत मूल्यसमेत नउठ्ने भएपछि युवा पुस्ता यन्त्रीकरणतर्फ आकर्षित भएका छन् । (रासस)