२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय व्यवसायले गति लिन थाले



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनका कारण बन्द रहेका पर्यटकीयस्थलहरु सञ्चालनमा आउन थालेसँगै व्यवसायले पनि गति लिन थालेको हो । पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङ, फेवातालमा डुंगा सयर देखि लिएर क्यानोनिङ खुला भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणका रुपमा रहेका यी क्षेत्रहरु खुला हुन थालेसँगै पर्यटकहरुको संख्या पनि बढ्दै गएको व्यवसायीहरु बताउँछन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ घलेलमा रहेको पोखरा क्यानोनिङ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गन्तव्य बन्दै गएको छ ।

असोज १ गतेबाट सञ्चालनमा आएको क्यानोनिङ दशैतिहारपछि भने व्यस्त हुन थालेको छ । हजारौको संख्यामा क्यानोनिङ गर्नेस्थल पोखरा क्यानोनिङ कोरोना कहरका कारण पहिलाको अवस्थामा आउन केही समय लाग्ने निश्चत छ । यद्यपी लकडाउन पछिको समयावधिमा करिब २ सय जनाले क्यानोनिङ गरेका छन् । प्रकृतिसँग रमाउन आउने मानिसहरुको संख्या लकडाउनपछि बढेको भएपनि कोरानाअघिको अवस्थामा फर्किन अझै केही समय लाग्ने पोखरा क्यानोनिङका संचालनक राम गुरुङले बताउनुभयो । कोभिड संक्रमणको जोखिमका कारण प्रतिदिन १० जनाको मात्रै अर्डर लिने गरिएको उहाँले बताउनुभयो । क्यानोनिङका गर्न जानेहरुका लागि त्यहाँ स्यानीटाइर, मास्क र भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षाका उपाय अपनाउने गरिएको उहाँले बताउनुभयो ।

२०७० सालमा स्थापना भएको पोखरा क्यानोनिङमा अहिलेसम्म हजारौं मानिसले क्यानोनिङको आनन्द लिइसकेका छन् । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिँदै, चिप्लिँदै, झरना र खोलाका छाँगाबाट खस्दै खेलिने क्यानोनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भइरहेको छ ।