काठमाडौं । रिजर्व बैंक अफ इन्डिया (आर.बी.आई) ले रेगुलेटरी गाइडलाइन्स उल्लंघन गरेको आरोपमा ६ वटा कम्पनीहरूलाई ५.७८ करोड जरिवाना लगाएको छ । आर.बी.आईले जारी गरेको विज्ञप्तिमा भनिएको छ “यो जरिवाना भुक्तानी र सेटलमेन्ट सिस्टम ऐन २००७ धारा ३० अन्तर्गत लगाइएको छ । आर.बी.आईले जरिवाना गरेका कम्पनीहरूमा पंजाब नेशनल बैंक (पीएनबी) र ५ नन बैंक प्रीपेड पेमेन्ट कम्पनीहरु रहेका छन् ।
सोडेक्सोलाई सबैभन्दा बढी २ करोड जरिवाना गरिएको विज्ञप्तिमा जारी गरिएको छ । पीएनबी र क्विकक्लीवर सोल्युसनलाई १.१ करोड जरिवाना गरिएको छ । फोन पे मा १.३९ करोडको जरिवाना लगाइएको छ । मुथुट व्हीकल र असेट फाइनान्सलाई ३४.५५ लाख जरिवाना गरिएको छ । यस्तै, दिल्ली मेट्रो रेल कर्पोरेशनलाई ५ लाख जरिवाना गरिएको छ ।












