२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीशको सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दै छ । २८ भदौको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुन: बैठक बस्न लागेको हो ।

आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज २० गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । त्यसअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्छ ।

न्याय परिषद्ले प्रधानन्यायाधीश बन्न योग्य भएका सर्वोच्च अदालतका ८ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ । ती नाममध्ये एक जनालाई सिफारिस गर्नुपर्ने छ ।

तर अहिलेसम्म सर्वोच्चमा वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने प्रचलन छ । यस पटक पनि वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको सिफारिस गर्ने तयारी छ ।




भर्खरै