२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पुर्‍याउने छः मन्त्री श्रेष्ठ



अ+ अ-

झापा । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज बिहान झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण गर्नुभएको छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि यहाँ आउनुभएका मन्त्री श्रेष्ठले प्रतिष्ठानको हाताभित्र रहेका सुखानीका पाँच शहीदको शालिकमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँले प्रतिष्ठानभित्र रहेको पर्यटकीयस्थल र कछुवा संरक्षण केन्द्रका बारेमा पनि जानकारी लिनुभयो । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि झापा विद्रोह र सुखानीका शहीदको बलिदानी सदैव स्मरणीय भएको बताउँदै मन्त्री श्रेष्ठले सुखानी शहिद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पुर्‍याउने आश्वासन दिनुभयो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले उद्यानको गुरुयोजना मन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
    
विसं २०२९ को झापा विद्रोहका क्रममा पक्राउ परेका कम्युनिष्ट युवा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती सरकारले झापाको चन्द्रगढी कारागारबाट कारागार सार्ने निहुँमा इलाम र झापाको सिमानास्थित सुखानी जङ्गलमा लगी गोली हानेर हत्या गरेको थियो । सुखानीमा बलिदान दिएका शहीदका स्मृतिमा झापाको अर्जुनधारा नगरपालिका वडा नं ९ सालबारीमा विशाल उद्यान, कछुवा संरक्षण केन्द्र र पाँच शहीदको पूर्ण कदको शालिकसहितको प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानको निरीक्षणपछि मन्त्री श्रेष्ठले सरकारका तर्फबाट थप सहयोग जुट्ने आशा पलाएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले बताउनुभयो ।