२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले चीनसँग सम्झौता गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयन गर्न ढिलाई गर्न नहुने बताउनुभएको छ ।

काठमाडौंमा बीआरआई परियोजना कार्यान्वयनसम्बन्धि दुई मुलुकका अधिकारीहरुबीचको छलफल कार्यक्रममा बोल्दै (बीआरआई) परियोजना कार्यान्वयनको आवश्यकता औंल्याउनुभएको हो । पूर्वअध्यक्ष तिमिल्सिनाले सो परियोजनाबाट नेपालले लाभ लिनेमा शंका नगर्न आग्रह समेत गर्नुभयो । उहाँले सो परियोजनाबारे जनतामा विद्यमान भ्रमलाई चीर्नका लागि त्यसबाट नेपालले पाउने लाभबारे जनस्तरमा नै व्यापक छलफल चलाउनुपर्ने जरुरी रहेको बताउनु भयो । बीआरआई परियोजनाका कारण श्रीलंकामा समस्या आएको भन्ने कुरा सत्य नभएको पनि पूर्वअध्यक्ष तिमिल्सिनाले स्पष्ट पार्नुभयो । उहाँले नेपालले भारत, चीन वा कुनैपनि तेस्रो मुलुकबाट जनताको हित हुनेगरी लाभ लिने कुरामा पछि पर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बीआरआईमा जब हामीले सहमती गर्‍यौं, सम्झौता गरिसकेका छौं । अब यसमा यो पार्टी, त्यो पार्टी भन्ने कुरा छैन । काँग्रेस पार्टी नेतृत्वमा हुँदा काँग्रेस पार्टीको तर्फबाट मन्त्री हुँदाखेरी हस्ताक्षर भएको छ । कम्युनिष्ट पार्टीको तर्फबाट हस्ताक्षर भएको छ सरकारमा भएको बेलामा । यस्ता सहमती भइसकेका कुराहरुलाई अब बुदागत ढंगले कुन, कुन कुरालाई कसरी कार्यान्वयन गराउने रु कति छिटो त्यसलाई कार्यान्वयन गरेर लाभ लिने भन्ने कुरामा सोच्नुपर्ने हुन्छ । अघि पनि चर्चा भएको छ । बीआरआईको बारेमा एकथरी जनमतले फरक धारणा राख्छ नै । हामीले त्यो देखिराखेका छौं मिडिया र विभिन्न ठाउँमा चर्चा पनि हुने गरेका छन ।

श्रीलंका र पाकिस्तान हुन्छ भनेर चर्चा पनि हुने गरेको छ । म यहाँ अनुरोध गर्न चाहन्छु–यति राम्रो कार्यपत्र अघि यहाँ प्रश्तुत गर्नु भएको छ । यही ढंगले जनस्तरमा बीआरआई के हो ? त्यसबाट नेपालले कसरी लाभ लिनसक्छ? त्यो कुराको बारेमा जनस्तरमा बुझाउने कुरामा अझै कमी भएको हो कि । त्यसले एउटा वातावरण बनाउँछ । बीआरआईमा सम्झौता गरेकै कारण श्रीलंकामा समस्या आएको हो त ? त्यो बारेमा गहिर्‍याईमा जानुभन्दा त्यहाँ संकट आयो, यो बीआरआईको कारणले हो भने यहाँ प्रचार गरिएको छ । यसकारण त्यस्तो होइन । कि हामी हाम्रो हितलाई, राष्ट्रको हितका लागि हामीले चीन, भारत वा तेस्रो मुलुकबाट सहयोग लिने हो । अरुको हितका लागि होइन, हामी हाम्रै हितका लागि लाग्नुपर्ने हुन्छ । त्यसकारण जुन सहमती र सम्झौताहरु भएका छन् । त्यसलाई कार्यान्वयनमा लैजान ढिलाई गरिनुहुन्न । एउटा बहस आयो ।’

पूर्वअध्यक्ष तिमिल्सिनाले पर्यटकहरुलाई नेपालमा प्रशस्त मात्रामा भित्र्याउनका लागि सरकारले सोही अनुसारको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनु भयो ।

 




भर्खरै