२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको कार्यान्वयन गर्दै ९ वर्ष बिताइसकेको भन्दै संविधानमा भएका कमीलाई पूरा गर्ने समय आएको बताउनु भयो । उहाँले यस बीचमा धेरै राम्रा उपलब्धिहरु भएका पनि बताउनु भयो ।

मौलिक अधिकारहरु स्थापित हुनु, द्वन्द्व अन्त्य भएर मुलत: मुलुक नयाँ कोर्षमा अगाडि बढ्नु सकारात्मक पक्ष रहेको उल्लेख गर्नुभयो । उहाँले समतामुलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना संविधानले गरेको भएपनि त्यसका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताउनु भयो । संविधानको परिकल्पनाअनुसार समतामुलक, न्यायपूर्ण र समुन्नत समाज निर्माण हुन नसक्नु राजनीतिक अस्थिरता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानको कार्यान्वयन गर्दै हामीले करिव ९ वर्ष बिताएका छौँ । एकातिर असाध्यै राम्रा उपलब्धिहरु पनि भएका छन् । संसारका थोरै देशहरु होलान्, जसले संविधान जारी भएको तेस्रो वर्षमै संघीयताका तीन वटै सेटअपहरु निर्माण गरेर तीनै तहका सरकारहरु स्मोथ्ली चलाएको संसारका धेरै देशहरुमा त्यस्तो देखिँदैन । मौलिक अधिकारहरु स्थापित भएका छन् । द्वन्द्व अन्त्य भएर मुलत: मुलुक नयाँ कोर्षमा अगाडि बढेको छ । यत्ति हुँदाहुँदै पनि हामीले स्वीकार गर्नुपर्छ की, संविधानले जस्तो खालको समाजको समतामुलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना गरेको छ, त्यसमा भने हामीले धेरै कामहरु गर्न बाँकी छ । त्यसको एउटा मुख्य कारण मुलुकको राजनीतिक अस्थिरता हो । त्यो अस्थिरताका विभिन्न कारणमध्ये एउटा संविधानका केही व्यवस्थामा समेत अस्थिरता रहेको कारणले अहिले दुई दल मिलेर हामीले अनुभवका आधारमा संविधान संशोधन राजनीतिक स्थायित्वलाई दह्रो बनाउने कुरा गरिरहेका छौँ ।’

उपमहासचिव ज्ञवालीले संघीयता नौलो अभ्यास रहेकाले गर्दै र सिक्दै जानुपर्ने बताउनु भयो । उहाँले संघ सरकारबाट बन्नुपर्ने केही कानूनहरु नबन्दा प्रदेशले पूर्ण रुपमा अधिकार प्रयोग गर्न नपाएको बताउनु भयो । काठमाडौंमा पानी पर्दा जनकपुरमा छाता ओढ्नुपर्ने राजनीतिक परिवेश बनाउन नहुने बताउनु भयो ।