२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’



अ+ अ-

बागमती । मकवानपुरका विभिन्न स्थानमा अवस्थित धार्मिक तथा पर्यटकीय सम्पदा प्रवर्द्धन गर्न यही असोज ५ गते शनिबार ‘हेटौँडा सम्पदा यात्रा २०८१’ आयोजना हुँदैछ ।

हेटौँडास्थित एडभेञ्चर क्लबले आज पत्रकार सम्मेलन गरी प्रदेशको राजधानी हेटौँडा र मकवानपुरगढी क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले सम्पदा यात्रा आयोजना गरिएको क्लबका अध्यक्ष सुशील सुवेदीले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित महादेव मन्दिरबाट प्रारम्भ हुने मोटरसाइकलसहितको यात्रा भुटनदेवी मन्दिर, पाथिभरा मन्दिर, पुण्यक्षेत्र, स्मारक, वृन्दावन, कुष्माण्ड सरोवर, फरेष्टि गुम्बा, कर्रा गुम्बा, चुरियामाइ मन्दिर, जुरेथुम, गुम्बाडाँडा, राजदेवी गुफा, सालक पार्क पुग्ने छ ।

हेटौँडाका विभिन्न क्षेत्रको भ्रमणपछि सोही दिन यात्राको टोली मकवानपुरगढीस्थि दरबार क्षेत्र, वंशगोपाल मन्दिर, मनकामना, वनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर मन्दिर, मनमोहन उद्यान कमाने हुँदै वनदेवी मन्दिरबाट पुन: हेटौँडास्थित महादेव मन्दिरमा पुगेर समापन हुने अध्यक्ष सुवेदीले बताउनुभयो ।

‘हेटौँडा सम्पदा यात्रा’ मा रु तीन लाख खर्च हुने अनुमान सुनाउँदै अध्यक्ष सुवेदीले यात्रामा सहभागी हुन दर्ता शुल्क रु तीन सय निर्धारण गरिएको बताउनुभयो । रासस